नेप्सेमा २५.६६ अंकको वृद्धि

काठमाडौँ । सोमवार २.८८ अंकले गिरावट आएको नेप्से परिसूचकमा मंगलबार भने वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।

मंगलवार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । काराेबार भएकाेमा निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ । वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ।