अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं। ७ बेलटार घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं। १४ बस्ने सुनिता न्यौपाने श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र अमेरिका पुगेपछि Mobile Software कम्पनीमा काम लगाईदिन्छु मासिक ३ लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेकी थिइन् । न्यौपानेले पिडितबाट पटक पटक गरी ६ लाख २१ हजार रकम लिई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेष्ठ २६ गते ललितपुर महानगरपालिका वडा नं। ३ पुलचोकबाट पक्राउ गरेको हो। पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको हो ।