मेयर बालेनको निर्देशनमा तोडियो स्कुलमा लगाएको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयमा लगाएको ताला खोलेको छ। सोमबार काठमाडौं उपत्यकाभित्र चर्को शुल्क असुलेको भन्दै अखिल क्रान्तिकारीले विद्यालयमा तालाबन्दी गरेको थियो।

महानगरपालिका मेयर बालेन साहको निर्देशनमा नगर प्रहरीले मंगलबार विद्यालयमा लगाएको ताला खोलेको हो।

मेयर बालेनले विद्यालयमा ताला लगाएर शैक्षिक संगठनको अपराध गरेको भन्दै आपत्ती जनाएका छन्। उनले भनेका छन्, ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी,हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएका छौं।’

मेयर साहले आफू महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निन्तर लागिपरेको बताएका छन्।

‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने,उनले भने,’यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो। ‘

पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। ‘चाहे सो विद्यालय सरकारी होस वा निजी,हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ‌। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ‌‌।’

अखिल क्रान्तिकारी नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कुलमा तालाबन्दी गरेको थियो।