नेपाल र भारतबीचको खेल रद्द

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र भारत ए बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

हङकङमा जारी प्रतियोगितामा नेपाल र भारतबीचको खेल टस पनि नभई रद्द भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो । भारतसँगको खेल रद्द भएसँगै नेपालले एक अंक जोडेको छ ।

पाकिस्तान, भारत र हङकङसहित नेपाल समूह ए मा छ । समूह ए मा भारत तीन अंकसहित शीर्ष स्थानमा छ ।

पाकिस्तान पनि समान अंकसहित दोस्रो स्थानमा छ । समूह बी मा बंगलादेश, शृलंका, यूएई र मलेसिया छन् ।