ओमानले नेपाललाई दियो २ सय ६८ रनको लक्ष्य,

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयो । ओमानका जेशान मक्सूदले १ सय ९ रन बनाए । बलिङतर्फ नेपालको सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी र प्रतिश जिसीले १र१ विकेट लिए ।

यसअघि अस्ति मङ्गलवार भएको अभ्यास खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।