कालोकोट धारीहरुले भ्रष्टचारीलाई उम्काउन दुस्साहस गरिरहेका छन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई उम्काउन कालोकोटधारी (कानुन व्यवसायी)हरुले टुप्पीदेखि पैत्ताला सम्मको बल लगाइरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले उक्त टिप्पणी गरेका हुन्।
‘नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरुको बचाउको लागि १२० जना कालोकोट धारीहरुले टुप्पीदेखि पैत्ताला सम्मको बल लगाएर भ्रष्टचारी उम्काउने षडयन्त्र गरिरहेका छन्। भ्रष्टचारीलाई उम्काउनैका लागि कालाकोटेले जुन दुस्साहस गरिरहेका छन्। यसमा दूधको दूध पानीको पानी होस्,’ सांसद केसीले भने।
भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै ठगि गरेको आरोपामा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र बाहलवाला सचिव माथीको  मुद्दामाथि शुक्रबार थुनामा पठाउने कि तारेखमा छाड्ने भन्नेमा काठमाडौं जिल्ला अदालतले आदेश गर्दै छ।