छ प्रदेशको बजेट आज आउँदै

काठमाडौँ । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज (शुक्रबार) ल्याउँदै छन् ।

हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट प्रस्तुत गरिसकेको छ ।

नेपालको संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट ल्याउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने उल्लेख छ ।

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ ।

ताजा अपडेट