गर्मीका कारण ५४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित बलियामा चर्को गर्मीका कारण पछिल्लो तीन दिनमा मात्रै ५४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ ।

यो जानकारी बलिया जिल्ला अस्पतालका मेडिकल अफिसर डा एसके यादवले दिएका बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

पछिल्ला दिनहरूमा त्यहाँ ज्वरो तथा सास फेर्न गाह्रो भई अस्पतालमा बिरामी भर्ना हुने क्रम बढेको थियो । प्राप्त जानकारीअनुसार जुन १५ मा २३, जुन १६ मा २० र १७ असारमा ११ जनाको मृत्यु भएको थियो ।

जिल्लामा बढ्दो मृत्युलाई ध्यानमा राख्दै लखनउबाट चिकित्सकको टोली बोलाइएको छ ।