युवाद्वारा आत्महत्याको प्रयास

काठमाडौं । काठमाडौंको माईतीघरमा नागरिकता विहीन एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।

बाराका ४० वर्षीय सरोज साहले माईतिघरमा प्रदर्शनका क्रममा आत्महत्याको प्रयास गरेका हुन् । उनले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास गरेका थिए । साहलाई उनका साथी र प्रहरीले उद्धार गरेका छन् ।

नागरिकता विहीनहरुको आन्दोलनमा प्रहरीले दमन गरेको थियो । उनीहरु निरन्तर रुपमा लामो समयदेखि आन्दोलनरत रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश जारी गरेको छ । जसका कारण जन्मको आधारमा नागरिकता लिएका नेपाली आमाबाबुका पाँच लाख भन्दा धेरै उमेर पुगेका नागरिक नागरिकता लिनबाट वञ्चित भएका छन् ।