नेपाललाई पाँचौं सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौं । उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै पाँचौं सफलता दिलाएका छन् ।

ऐरीले गजानन्द सिंहलाई २१.३ ओभरमा आरिफ शेखबाट क्याच गराए। त्यतिबेला अमेरिकाले ५ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।