सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं । आज (बुधबार) पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.०५ अंकले घट्दा नेप्से इन्डेक्स २०५०.७८ विन्दुमा पुगेको हो ।

नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकमपनि केहि खुम्चिएको छ । आज ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार माथिको कारोबार भएको हो ।

आज ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।