लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-२ घर भइ हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडामा कोठा भाडामा बस्ने अन्दाजी २६ वर्षीय प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय खुमबहादुर रावत हुन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

शंकास्पद लाग्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डीएसपी प्रह्लाद कार्कीले बताए । सोधपुछको क्रममा उनीहरुले उक्त लागूऔषध जुम्लाको चन्दननाथ नगपरपालिका( ५ बस्ने अन्दाजी २२ वर्षीय मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।