धादिङमा भएको बस दुर्घटनामा बालकको मृत्यु

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले बताए ।

काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ९ बजेतिर गल्छी मोडमा अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले बताएको छ ।