काठमाडौं महानगरपालिकाको बजेट (पूर्णपाठ सहित)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् ।

उपप्रमुख डंगोलले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेकी छन् ।

उनले महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेकी छन् । त्यस्तै, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाको बजेट हेर्नुहोस्