पद्मश्री पुरस्कारका लागि कुन कुन पुस्तक छनोटमा परे ?

काडमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार(२०७९ का लागि पहिलो चरणमा १५ पुस्तक छानिएका छन्।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १५ पुस्तकको विस्तृत सूचीबारे जानकारी दिएका हुन्।

पुरस्कारका लागि २०७९ मा प्रकाशित भएका १८० पुस्तक प्रतिष्ठानमा आएको र तीमध्ये १५ वटाको विस्तृत सूची तयार पारिएको बताइएको छ।

छनोटमा परेका पुस्तकहरूमध्ये जानुका खतिवडाको ‘आतोओडा’ पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा सुबिन भट्टराईको ‘इजोरिया’ छ।

त्यसपछि क्रमशः विवेक झाको ‘ऐँठन’, गोपी सापकोटाको ‘चिसो बाफ’, प्रगति राईको ‘थाङ्ग्रा’, रमेश क्षितिजको ‘पर्वतपर्वतमा बटुवा घाम’, सुरेश प्राञ्जलीको ‘पानीघट्ट’, शैलेन्द्र अधिकारीको ‘ब्रम्हास्त्र’, रामलाल जोशीको ‘बाआमा’ लगायत छन्।

२०६३ सालदेखि प्रदान गर्न थालिएको पद्मश्री साहित्य पुरस्कारको राशी ३ लाख रुपैयाँ रहेको छ।