आजबाट बैंक अफ काठमाण्डूको लिलामी शेयर खुल्यो

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज (भाद्र १ गते, सोमबार) बाट खुल्ला भएको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन ९तेस्रो संशोधन० नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।


उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज ९भाद्र १ गते, सोमबार० बाट भाद्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।


त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९ गते मंगलबार १० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएको छ ।