बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं ।  बागमती प्रदेशसभाको बैठक बस्दैछ। प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे बोलाइएको छ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो। उनीहरूको आरोप छ कि बजेट विभेदकारी छ। तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेको देखिएको छ।