ठूला व्यापारीलाई अर्बौं ऋण दिने बैंकले गरिबलाई एक लाख दिन्छ : अमरेशकुमार सिंह

काठमाडौं । सांसद अमरेशकुमार सिंहले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताएका छन्।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्तुत गरिएको विधेयकमाथि भएको छलफलमा बोल्दै उनले बैंकहरू व्यापारी केन्द्रित भएको बताए।

‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन्। गरिब किसान, दलित, चेपाङ त आउँदैनन्,’ प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले भने।

व्‍यापारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाउने उनको भनाइ छ।

‘जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छरु ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरिबलाई एक लाख ऋण दिन्छरु बिना धितो ऋण दिन्छरु दिँदैन नि१,’ उनले भने।

यसले गर्दा पनि उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको उनको भनाइ थियो। यसका लागि बैंकले गाउँ(गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने बताए।

‘अहिले पनि हाम्रो सामाजिक अवस्था यस्तो छ कि जसको घडेरी पनि ऐलानीमा छ, त्यसलाई पनि आवश्यकता पर्छ, औषधि उपचार वा बुबाआमा मर्दाखेरि श्राद्धका लागि, कुनै छोराछोरी पढाउनका लागि,’ उनले भने, ‘त्यसकारण गाउँ(गाउँमा बैंकबाट पैसा दिने व्यवस्था गर्नुपर्छ। सम्पूर्ण जनताले ऋण पाउने र आवश्यकताअनुसार समयमा उपलब्ध गराउने ग्यारेन्टी सरकारले गर्नुपर्छ।’