नेपालले पायो सामान्य रनको लक्ष्य

काठमाडौं । यूएईसँगको खेलमा नेपालले १८२ रनको सामान्य लक्ष्य पाएको छ।

आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि यूएईसँग भइरहेको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन्। पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा १८१ रन बनाएको छ।

यूएईका लागि भृत्य अरविन्दले ४४, रोहन मुस्ताफाले ३५, वसिल हमीदले २९, अर्यान्स शर्माले २८ । संचित शर्माले १२ रन बनाए।

त्यस्तै, नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन, प्रतिश जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

केहीबेरमा नेपालले ब्याटिङ गर्नेछ।