दीपेन्द्रसिंह ऐरी चम्किदा यूएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।

नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।