दुई भन्दा बढि सन्तान जन्माउनेलाई ५ हजार प्रोत्साहन भत्ता दिईने

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले भने दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले दुई भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले सुरुका १२ जनाले भत्ता पाउनेछन् ।