कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।