देवेन्द्र दाहालको प्रश्न : विविधमा राखिएको बजेट गठबन्धनका नेतालाई म्यानेज गर्न हो ?

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासनहीनता वृद्धि गराउने टिप्पणी गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा उनले भ्रष्टाचार र वित्तीय अनुशासनहीनता मौलाउने गरी बजेटका विभिन्न शीर्षकमा मोटो रकम राखिएको बताए ।

दाहालले भने, ‘झण्डै १ खर्ब बजेट अर्थमन्त्रालयले विविधमा राखेको छ, यो शंकास्पद छ । कूल बजेटकै ७ प्रतिशत विविधमा राख्नुले गम्भीर शंका उत्पन्न गराएको छ । ७६ अर्ब ६९ करोड ८१ लख बजेट विविधमा राखिएको के का लागि रु वर्षको अन्त्यमा सेटिङ्मा कमिशनका लागि वितरण गर्न रु’

‘विनाशीर्षक राखिएको रकम त अर्थमन्त्रीको तजबिजमा कमिशनको आधारमा बाँड्न सकिन्छ के गठवन्धनका नेताहरूलाई म्यानेज गर्नका लागि हो रु’, उनले भने ।