इन्जुरी समयमा सावित्राले गोल गरेपछि बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बिहीवार भएको खेलमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने बंगलादेशले सुरुवाती अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा बंगलादेशका लागि सबिना खातुनको गोल गरिन् । बंगलादेश जिततर्फ अघि बढ्दै थियो ।

तर, सावित्राले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् ।

नेपाल र बङ्गलादेशले थप एक मैत्रीपूर्ण खेल खेल्ने छन्। पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्गलादेशले नेपाललाई ३-१ गोलले हराएको थियो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।