शितल निवासमा चौतारो बनाउन राष्ट्रपति पौडेलले बर-पिपल रोपेर पोखरी निर्माण शुभारम्भ गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका छन्। बिहीबार शितल निवासमा राष्ट्रपति पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका हुन्।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय परिसरभित्र बर-पिपल सारेका हुन्। अब त्यहाँ चौतारो बनाइनेछ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले चौतारो र पोखरी निर्माण गर्न निर्देशन दिएका थिए। सोही योजनाअनुसार राष्ट्रपति पौडेलले पूजाअर्चना गरेर बर-पिपल सारेका हुन्।

राष्ट्रपति भवनको पश्चिमतिर भागमा चौतारो निर्माण गर्न बर-पिपल सारिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। चौतारोभन्दा केही पर पोखरी निर्माण गर्ने तयारी छ।