एसीसी इमर्जिङ कप : कप्तान रोहित पनि आउट

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटमा पाकिस्तान ए विरुद्ध खेलिरहेको नेपाललाई तेस्रो झड्का लागेको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ ।

यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेख आउट भएका थिए । अहिले क्रिजमा भीम सार्की आएका छन् ।

नेपालले ५ ओभरमा ३ विकेटको क्षतीमा २४ रन बनाएको छ ।