ललिता निवास प्रकरण : मन्त्री देखि प्रधानमन्त्रीसम्मलाई कारवाही गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रलाई कारवाही गर्न माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछालाई पनि कारवाही गर्न माग गरे ।

‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरू र केही साना कर्मचारीहरूलाई मात्र सरकारले ध्यान दिएको देखिन्छ,’ उनले भने, ‘व्यापारी र सरकारलाई राजश्व तिरेर किन्नेलाई कारबाही गर्ने, व्यवस्थापन गरेर जग्गा बिक्री गर्नेलाई कारवाहीको व्यवस्था गरोस् ।’