राष्ट्रिय सभा उपाध्यक्षद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उपाध्यक्ष अर्यालले सोमबार संघीय संसद सचिवालयमा सांसद्‍ सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।

उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९१० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा ९१० को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान छ ।

यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ ।