कांग्रेस केन्द्रीय समिति बैठक : दुई-दुई महिनामा बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई अब महिनामा बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्दीय समितिको बैठकमा महामन्त्री गगन थापाले दुई दुई महिनाको फरकमा पहिलो साता गर्ने प्रस्ताव गरेका हुन् ।

अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने उनले प्रस्ताव गरेका छन् । कांग्रेसको विधानमा पनि केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ ।

थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे । वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव रहेको उनले बताए ।

कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न प्रस्ताव गरिएको हो ।

विभागहरूले आफ्नो कार्यक्षेत्रअन्तर्गत कार्यक्रम बनाएर वार्षिक कार्ययोजना भदौ मसान्तभित्र केन्द्रीय कार्य समितिमा पेस गर्ने पनि उनले जनाए ।