प्रधान र आचार्यलाई हेम बहादुर मल्ल सम्मान

काठमाडौं । नेपाल जनप्रशासन संघले २०७७ र ७८ को हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ । कुशल प्रशासक एवं व्यवस्थापकका रुपमा परिचित हेमबहादुर मल्लको नाममा स्थापित दुईलाख राशीको सो पुरस्कार वि स. २०७७ का लागि गोरक्ष बहादुर न्हुच्छे प्रधान २०७८ का लागि भानु प्रसाद आचार्यलाई प्रदान गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सावंजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन भएका दुई व्यक्तित्वलाई सो पुरस्कार प्रदान गर्नु भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्नु हुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको विकासलाई माथि लैजान कर्मचारी संयन्त्रलाई चुस्त बनाउँदै प्रशासन व्यवस्थापन सुधारमा जोड पर्ने बताउनु भयो । उहाँले ३ तहको सरकारबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन धारणा राख्नु भएको थियो ।

नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले नेपाल जन प्रशासन संघले प्रदान गर्दै आएको पुरस्कार र पुरस्कृत व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।जनप्रशासन संघ मार्फत प्रशासन एवं व्यवस्थपनका क्षेत्रमा सवैभन्दा ठूलो राशीको पुरस्कार स्थापना गरी प्रदान गर्दै आईरहेको साल्ट टे«डिङ्ग कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई आजको अवस्थामा ल्याई पु¥याउनका लागि स्वर्गिय हेमबहादुर मल्ल पु¥याउनु भएको योगदान एवं पुरस्कारका विषयमा जानकारी दिनु भएको थियो ।

हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मानित व्यतिmत्व गोरक्ष बहादुर न्हुच्छे प्रधानले आफुले उक्त सम्मान पाएकोमा निक्कै हर्षित महसुस गरेको बताउदै प्रशासकिय क्षेत्रको सुधारका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै सार्वजनिक सेवा गुस्तरिय हुन नसक्नु्मा व्यवस्थापकिय कमजोरी भएको औल्याउदै सो कमजोरीलाई तत्काल सुधार गर्न नसक्ने अर्का सम्मानित व्यतिmत्व भानु प्रसाद आचार्यको भनाई थियो ।

कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गिय हेमबहादुर मल्लले साल्ट टे्रे्डिङ्ग कर्पोरेशनको नेतृत्व गर्दै उत्कृष्ट योगदान पुर्याएबापत उहाँको सम्झानामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो ।

२०५९ मा सालमा स्थापना गरिएको सो पुरस्कार हरेक वर्ष विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरु, प्रशासन क्षेत्रका विशिष्ट व्यक्ति, समाजसेवी लगायतहरुको उपस्थिति रहेको थियो ।