विदेश भ्रमणमा जानेले अब २५ सयसम्म डलर सटही गर्न पाउने

काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूले राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म २ हजार ५ सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने भएका छन् ।

आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूका लागि वर्षमा दुई पटक सम्म १५ सय डलर सटही सुविधालाई परिमार्जन गर्दै २५ सय डलर पुर्‍याएको हो ।

बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जानेलाई राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सय अमेरिकी डलर सम्म सटही व्यवस्थालाई परिमार्जन गरी २५ सय अमेरिकी डलर सम्म उपलब्ध गराइने व्यवस्था गरेको छ ।