होम आइसोलेसन’मै एक ६८ वर्षीय संक्रमित पुरुषको मृत्यु

काठमाडौँ । काठमाडौंमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लुस्थित विजयश्वरीका ६८ वर्षका पुरुषको होम आइसोलेनमै मृत्यु भएको हो । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबार बेलुकातिर घरमा नै उनको मृत्यु भएको स्रोतले जनाएको छ । ती पुरुष लामो समयदेखि मिर्गौला रोगले पीडित थिए ।

उनको यही भदौ १७ गते ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेनमा बसिरहेका बेला उनको निधन भएको हो वडा नं १५ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।