भगवती हाइड्रोवरको आईपीओ खुल्यो, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ)  बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत सेयर बिक्री खुलाएको हो ।

जारी पुँजीको १५ प्रतिशतका दरले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयर बिक्री खुलाइएको छ । प्रतिकित्ता १०० रुपैयाँको यो सेयरमा १६ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ११६ रुपैयाँमा बिक्री खुलाइएको हो । छुट्टाइएको सेयरमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई ८५ हजार ८१० कित्ता सेयर बिक्री भइसकेको छ ।

यस्तै, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १७ हजार १६२ कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको थियो । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।