ललिता निवास प्रकरण । सीआईबीले लियो विजय कुमार गच्छदारको बयान

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका विजय कुमार गच्छदारसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

सोमबार साँझ गच्छदारलाई सीआईबीमै बोलाएर बयान लिइएको हो ।

उनीहरुविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । तर प्रहरीले उनीसँग बयान लिएर छाडेको छ ।