महिला टि– २० क्रिकेट : नेपाल आज कुवेत सँग भिड्दै

काठमाडौँ । मलेसियामा जारी महिला टि- २० क्रिकेट सिरिजमा आज नेपाल कुवेत सँग भिड्दै छ ।

चार देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेत सँग भिड्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।