मन्त्रिपरिषद् बैठकद्धारा प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।

सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सेप्टेम्बर १६ मा प्रचण्ड अमेरिका जाने र त्यतैबाट चीन जाने कार्यक्रम तय भएको छ ।

अमेरिकाबाटै असोज ४ गते प्रचण्ड चीन जाने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जानकारी दियो ।

चीनमा राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम रहेको प्रचण्डले हालै सम्पादकहरूसँगको भेटमा बताएका थिए । ​