अख्तियारले अनुसन्धान गर्ने भएपछि विमानस्थल भन्सारका १३७ जना कर्मचारीले मागे सामूहिक सरुवा (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगी सम्मका सबै कर्मचारीले सामूहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् । भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका हुन् ।

केही दिनअगाडि मात्र जिल्ला सरकारी कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका सबै कर्मचारीमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

६० किलो सुन प्रकरणपछि काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामूहिक राजीनामा मागेका छन् । विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिनाप्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ ।

भन्सारबाट जाँच पास भइसकेको सुन सिनामंगलबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा भन्सारका केही कर्मचारी पक्राउ परेका छन् । उनीहरू सीआईबीको हिरासतमा छन् ।

अख्तियारले अनुसन्धान गर्ने भएपछि विमानस्थल भन्सारका १३७ जना कर्मचारीले मागे सामूहिक सरुवा (सूचीसहित)