काठमाडौँ । कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’
उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथा फिल्ममा अभिनय गरेका छन् ।
Add Comment