आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्नेछ ।
आजको बैठकका लागि सम्भावित २ वटा कार्यसूची तय भएका छन् । बैठकमा आज ४ मन्त्रीसँगको प्रश्नोत्तर हुने जनाइएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थ मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नहरुको उत्तर दिनेछन् ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची पनि रहेको छ ।