विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल विजयी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ब्राजिल विजयी भएका छन्।

बुधबार विहान सम्पन्न भएको अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले पराजित गर्‍यो।

अर्जेन्टिनाका लागि इन्जो फर्नान्डेजले ३१ मिनेटमा, निकोलास टाग्लिआफिकोले ४२ मिनेट र निकोलास गोन्जालेजले ८३ मिनेटमा गोल गरे।

यता ब्राजिलले पेरुलाई १-० गोलले हरायो। ब्राजिलको जितमा मार्किन्होसले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए।

छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।