एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

काठमाण्डौ । १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

समूह बी अन्तर्गत हिजो भएको पहिलो खेलमा बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव छ ।

१९औँ एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ तारिख अर्थात आउँदो शनिवारदेखि शुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै शुरु भइसकेका छन् । यसपटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार ४ सय १७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।