एमाले बागमती अधिवेशन : आज ४ बजेदेखि ६ बजेसम्म बजे दर्ता, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनका लागि आज (बुधबार) अपराह्नदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।

प्रदेश अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको हो। आज अपराह्न ३ बजे मनोनयन फारम वितरण हुनेछ।

आजै अपराह्न ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको निर्वाचन समितिले जनाएको छ।

यस्तै ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन हुनेछ। ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम छ।

निर्वाचन भने बिहीबार बिहान ११ बजेदेखि सुरू हुनेछ।

अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, केशरबहादुर बुढाथोकी, सानु श्रेष्ठ र केशव पाण्डेलगायत आकांक्षी छन्।