बाराबाट २६ लाख मूल्य बराबरको अलैंची बरामद

काठमाडौं । बारा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
लमजुङबाट झापा तर्फ जाँदै गरेको ना।६ ख ७१०५ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको प्रहरीले जनाएको छ ।