एक सातापछि नेपालगञ्जमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

काठमाडौं । नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो।

गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो।