प्राविधिक शिक्षा क्षेत्रमा स्वीवरल्याण्ड सरकारले दिने अनुदान स्वीकृती गर्ने सरकारको निर्णय

dlGqkl/ifb a}7s sf7df8f}F, @( ebf}M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z'qmaf/ a;]sf] dlGqkl/ifb a}7s . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । आज ( विहिवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषलको कार्यलय सिंहदरबारमा बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४।४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको बताउनु भयो ।

यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा।प। द्वितीय श्रेणी, सरकारी वकिल, रा।प। द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा।प। तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय भएको छ ।

सञ्चारमन्त्री शर्माले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो।