सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको जनाएको छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जानकारी दिएको छ। अघिल्लो दिनको कारोबारका तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।