लोकराजको लय र शब्दमा ‘खेल्ने हो देउसी र भैलो’सार्वजनिक

काठमाडौं । अमेरिकाको टेक्ससमा छायांकन गरिएको ‘खेल्ने हो देउसी र भैलो’ बोलको देउसीभैलो गीतको भिडियो सार्वजनिक भएको छ ।

रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति र एनआरएनए एनसीसी यूएसए आर्ट एन्ड कल्चर कमिटीको सहयोगमा निर्माण भएको मौलिक देउसीभैलो गीतको भिडियोमा गायकहरु भीम चापागाईं, छविराज सुनार, भीम थापा र गायिका शोभा तिमिल्सिना सहित टेक्ससमा रहेका सन्जु घिमिरे ,दीपा बोहरा ऐर, कामना खरेल लगायतका स्थानीय नेपालीहरूको अभिनय रहेको छ । गीतको भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । भिडियोको सम्पादन निराजन केसीले गरेका हुन् ।
प्रसिद्ध गीतकार लोकराज अधिकारीको लय र शब्द तथा किरण पौड्यालको सपोर्टिङ शब्दमा तयार भएको देउसीभैलो गीतको कोरियोग्राफी दिक्षा गहतराजले गरेकी हुन् । गीतको संगीत संयोजन कमल अधिकारीले गरेका हुन् भने मिक्सिङ कृष्ण पुनले गरेका हुन् ।