‘अञ्जिला’को वल्र्ड प्रिमियर डिसेम्बर ८ मा हङकङमा हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को वल्र्ड प्रिमियर डिसेम्बर ८ मा हङकङमा हुने भएको छ । चलचित्र आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वल्र्ड प्रिमियरको जानकारी गराइएको हो । चलचित्रको प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।

नेपालमा फागुन २९ मा प्रदर्शनमा आउने यो चलचित्रको हङकङ प्रिमियरपछि यूके, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रिमियर हुने कलाकारसमेत रहेका निर्माता प्रेमकुमार श्रेष्ठले बताए ।
चलचित्रमा एञ्जिला मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ निर्देशक चाम्सले जानकारी दिएका छन् ।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । प्रमुख सहनिर्देशन गिरिराज घिमिरेले गरेको र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा विपिन मर्म प्रभा बर्तौलाले गीत लेखेका छन् भने चलचित्रको विषयगत गीत ९थिम सङ ० प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका छन् । चलचित्रका गीतहरूमा हरि लम्साल राजनराज शिवाकोटी, थानेश्वर गौतम तथा प्रकाश लामाको संगीत रहेको छ भने गीतहरूमा राजनराज शिवाकोटी, मेलिना राई, शान्तिश्री परियार, रचना रिमाल र बविना किराँतीको स्वर रहेको छ ।