विराटनगर । सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् । मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारीकाे करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएकी कोइराला फरार थिइन्।कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित भएकी हुन् ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अध्यक्ष श्यामकुमार रौनियार,अञ्जलासहितका २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ। अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ।
२६ प्रतिवादी मध्ये हालसम्म एक जना पुर्पक्षको लागि थुनामा र एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी भने अझै फरार रहेका छन् ।
Add Comment