काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएकी नेकपा एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजालसले उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । २४ घण्टा पनि प्रहरी हिरासतमा बस्नु नपर्ने गरी भएकाे उनकाे रिहाईलाई राजनीतिक वृत्तमा सत्ताकाे शक्ति भनेर चर्चा हुन थालेकाे छ । यस्तै किसिमकाे अभियाेग लागेका रवि लामिछाने लगायतका कतिपय व्यक्तिहरु लामाे समयदेखि प्रहरी हिरासतमा रहेका छन् ।
कोइराला बुधबार कार्यालय समय हुनासाथ जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।मंसिर २७ गते उनीसहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । पुस २ गते पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए।
Add Comment